आकाशे पुलकाे लागि रातो किताबमा प्रकाशित बजेट रकम निकाशा नै नभएको खुलासा

342
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको सम्भाव्यता अध्ययनका लागि रातो किताबमा प्रकाशित बजेट रकम निकाशा नै नभएको खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रकाशित गरेको चालू आर्थिक बर्ष २०७६/७७ को रातो किताबमा निकुञ्जभित्र आकाशे पुल निर्माणको प्रारम्भिक अध्ययनका लागि एक करोड रूपैयाँ बजेट छुट्याइएको थियो । आकासे पुल निर्माण गर्न सकिन्छ वा सकिँदैन त्यसको विस्तृत अध्ययन गरेर सरकारलाई बुझाउन सो बजेट छुट्याइएको भएपनि रकम भने नआएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी ईञ्जिनियर शिव खनालले स्वदेशलाई जानकारी दिनुभयो ।

यसबाहेक निकुञ्जभित्र सडकजन्य कुनैपनि पूर्वाधार निर्माणमा निकुञ्ज प्रशासन र युनेस्कोले औपचारिक असहमती जनाएको पनि सुचना अधिकारी खनालको भनाई छ । चालू आ.व.मा सकिनुपर्ने डि.पि.आर. निर्माण सुरु नै हुन नसकेपछि आउँदो आ.व.का लागि आकाशे पुल निर्माण भनी तोकिएकै शीर्षकमा विनियोजित ५० लाख रुपैंयाको कार्यान्वयनको पाटोमा शंका व्यक्त भइरहेको छ । (तस्वीरमा, ठोरी केरुङ लोकमार्ग अन्तरगत निकुञ्जभित्र बनाउने योजना गरिएको फ्लाई ओभर)

SwadeshPost