रीउ नदीमा हाम फालेका एकजना बेपत्ता

427
SwadeshPost

माडीको धोबाहामा बाढीग्रस्त रीउ नदीमा हाम फालेका एकजना बयस्क सम्पर्कबिहीन भएका छन् ।

माडी ३, धोबाहा निवासी अन्दाजी बर्ष ४० का रामसिंह मर्दनीया गाउँछेउमै रहेको रीउ नदीमा फाल हाली हराइरहेका हुन् । भैंसी चराउने क्रममा दिउँसो करीब १२ः३० बजे उनी खोलामा हाम फालेको उनको परिवार श्रोतले जनाएको छ । घटनास्थल वरपर प्रहरी र स्थानीयबासीहरु पुगेका छन् भने हराइरहेका मर्दनीयाको खोजी भइरहेको छ ।

रीउ नदीमा पानीको बहाव उच्च रहेको समयमा उनी हाम फालेका थिए । उनी बाढीग्रस्त खोलामा हाम फाल्नुको कारण भने खुलेको छैन ।

SwadeshPost