गौरव थापा मृत्यु प्रकरण: ७ नं. वडा कार्यालयको तालाबन्दी खुल्याे

342
SwadeshPost

माडीका माछापालक युवक गौरव थापाको रहस्यमय मृत्यु प्रकरणमा सत्यतथ्य प्रहरी अनुसन्धानको माग गर्दै विगत ४ दिनदेखि जारी वडा नं. ७ कार्यालयको तालाबन्दी खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बसन्तपुरले संयुक्त रुपमा घटनास्थल पुगी अनुसन्धान र सोधपुछ सुरु गरेसंगै मृतक थापाको परिवार, आफन्त एवं छिमेकीहरुले वडा कार्यालयमा लगाइरहेको ताला खुला गरेका हुन् । माडी गोपालनगरस्थित पोखरीमा २२ बर्षीय युवक गौरव थापाको रहस्यमय मृत्यु भएकोमा किटानी जाहेरी दर्ता गर्न पाउनुपर्ने माग गर्दै उनीहरुले गत असार २३ गते दिउँसोपख माडी ७ वडा कार्यालयमा तालाबन्दी गरेका थिए । साथै उनीहरुले मृतक थापाको फोटो बोकी बसन्तपुर बजारमा प्रदर्शन गर्दै प्रहरी कार्यालयहरुमा धर्ना समेत दिएका थिए ।

आर्थिक बर्षको अन्तिममा विकास निर्माणका कामहरु प्रभावित हुन नदिन आफूहरुले ताला खोलेपनि खबरदारी अभियान भने निरन्तर रहेको मृतकका पिता दीलिप थापाले जानकारी दिनुभयो ।

SwadeshPost