सिमरा जाने बाटोमा पर्ने रीउ नदीमा एकजनाको शव भेटियो

99
SwadeshPost

माडीको कल्याणपुर बजारदेखि सिमरा जाने बाटोमा पर्ने रीउ नदीमा एकजनाको शव भेटिएको छ ।

रातो टिसर्ट र निलो पाइन्ट लगाएको तथा शरीरको अधिकांश भाग हिलोमा गडेको अवस्थामा शव भेटिएको हो । हिलोबाहिर शवको पाखुरा, कुहिना र ढाडको केहि भाग मात्रै देखिएको छ भने टाउको हिलोमै गडेको अवस्थामा रहेको छ ।

रीउ नदीमा माछा मार्ने क्रममा आज बिहान एक स्थानीय युवाले शव देखेसंगै गाउँलेहरुलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरीहरु पुग्न लागेका छन् । घटनाको थप विवरण अर्को समाचारमा पोष्ट गर्नेछौं ।

SwadeshPost