मानव वस्ती जोखिममा परेपछि माडीका खोलाहरुबाट ग्राबेल निकाल्नेे नगरपालिकाकाे याेजना

408
SwadeshPost

माडी उपत्यकामा बग्ने खोलाहरु पुरिएर मानव वस्ती जोखिममा परिरहेको भन्दै माडी नगरपालिकाले खोलाहरुबाट ग्राबेल निकालेर विकास निर्माणमा प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।

विशेषतः बर्षायाममा खोलामा पानीको सतह बढ्दा गाउँबस्ती र खेतबारी जलमग्न हुनेगरेकाले मानव बस्ती सुरक्षित गर्ने प्रयासमा खोलाहरुबाट ग्रावेल निकाल्ने योजना बनाइएको हो । नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा समेटिएको यो योजना अन्तरगत गिटी बालुवा र ग्रावेल निकासीबाट राजस्व आय समेत हुनेछ ।

त्यसैगरी खोलाहरुले कटान गरिरहेको समस्यालाई कम गर्न खोलाहरुमा तटवन्धनका कार्य निरन्तरता दिइने, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिलाई सक्रिय बनाइने, नगरस्तरीय जलवायु अनुकुलन तथा विपद जोखिम व्यवस्थापन योजनाका अद्यावधिक गरिने, नगरस्तरीय विपद व्यवस्थापन कोषलाई अझ व्यवस्थित गरी विपद्मा परेका नागरिकलाई आर्थिक सहयोग गरिने र विपद व्यवस्थापनका लागि वडागत रुपमा अस्थायी सेल्टरको व्यवस्था गरिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

SwadeshPost