माडीका १० जना काेराेना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज

223
SwadeshPost

माडीको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशनमा उपचार गराइरहेका १० जना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज भएका छन् ।

सो आइसोलेशनमा कुल २१ जना कोरोना संक्रमितहरुलाई राखी उपचार गरिएकोमा हालसम्म १० जनाले कोरोना जितेर घर फर्किएका हुन् । घर पठाइएकाहरुलाई दुई साता लामो होम क्वारेन्टाइनमा बस्न अनिवार्य गर्रिको छ । आइलोशेन सेन्टरमा भने अझैपनि ११ जनाको क्लोज अब्जर्भेशनमा उपचार भइरहेको बघौंडा अस्पतालका मेडिकल अफिसर डा. शशि टण्डनले जनाउनुभयो ।

आइसोलेशन सेन्टरमा कोरोना संक्रमितहरुको उपचारका लागि ३० बेडको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ । यसअघि कोरोना संक्रमण पुष्टी भएकाहरुलाई भरतपुर पठाउने गरिएकोमा त्यहाँ रहेको कोरोना विशेष अस्थायी अस्पतालमा सरसफाई, खानपिन र अन्य सुविधाहरु राम्रो नरहेको गुनासो आएको थियो । त्यसलगत्तै माडी नगरपालिकाले माडीका संक्रमितहरुलाई माडीभित्रै उपचारका लागि आफ्नै आइसोलेशन सेन्टर स्थापना गरेको हो ।

SwadeshPost