सशस्त्र प्रहरी बल बि.ओ.पि. छरछरेमा निर्माणाधीन भवनको काम सुचारु

285
SwadeshPost

छाना छाउने जस्तापाताको जोहो भएसंगै माडीको छरछरेस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा निर्माणाधीन भवनको निमाण कार्य सुचारु भएको छ ।

यसअघि भवनमा छाना हाल्न बाँकी रहेको अवस्थामा दाताको अभावमा निर्माण रोकिएको खबर स्वदेश एफ.एम.ले सार्वजनिक गरेको थियो । तत्कालका लागि उधारोमा जस्तापाताको व्यवस्था भएसंगै भवन छाएर सकिएको र अब झ्याल ढोका हाल्न तथा प्लास्टर, वाइरिङ, प्लम्बिङ र भित्री कामहरु बाँकी रहेको पोष्ट प्रमुख सशस्त्र प्रहरी नीरिक्षक थकाली थारुले जनाउनुभयो । भवन निर्माण कार्यमा माडी नगरपालिकासंगै माडीका विभिन्न संघसंस्था र निकायहरुले सहयोग गरेका छन् ।

निर्माणाधीन भवनमा कार्यालय प्रमुख र जवानहरुको आवास, स्टोर, कार्यालय र हातहतियार राख्ने कोठा रहेका छन् । गतबर्ष पौष २१ गते माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सो भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । भवनको अभावमा पोष्टका शसस्त्र प्रहरीहरु अस्थायी प्रकृतिको आवासगृहमा असहज अवस्थामा बस्दै आएका छन्।

SwadeshPost