माडीको लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा चोरी

481
SwadeshPost

माडीको लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा गएराती चोरी भएको छ । मन्दिरभित्र राखिएको लाउडस्पिकर (एम्प्लीफायर) सेट चोरी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको हो ।

दुई बर्षअघि समुदायले चन्दा संकलन गरी खरिद गरेको १२० वाट क्षमताको आहुजा ब्राण्डको एम्प्लीयार चोरी भएको र घटनाबारे प्रहरीलाई जाहेरी गरिसकेको मन्दिरका सचिव नवराज सुवेदीले जानकारी दिनुभयो । लाउडस्पिकरबाट दैनिक रुपमा भजन कीर्तन बजाउने गरिएकोमा चोरी भएसंगै सो कार्य प्रभावित भएको जनाइएको छ ।

SwadeshPost