आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

शिक्षा खबर पोष्ट

माडी मा.वि नमुना विद्यालयका रुपमा विकास गर्ने सुचिमा सुचिकृत

  • A
  • A+
  • A++

माडीको अग्रणी शैक्षिक संस्था माडी माध्यमिक विद्यालयलाई संघीय सरकारको शिक्षा मन्त्रालयले नमुना विद्यालयका रुपमा विकास गर्न छनौट गरेको छ ।

विज्ञापन १

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले देशभरका १०० वटा विद्यालयहरुलाई नमुना विकासका लागि छनौट गरेकोमा सो सुचीमा माडीको बसन्तपुरस्थित माडी मा.वि. समेत छनौटमा परेको हो । नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ बमोजिम मन्त्रीस्तरको निर्णयबाट चितवनबाट माडी मा.वि. नमुना सुचीमा परेको केन्द्रले जनाएको छ ।

विज्ञापन २

२०२८ सालमा स्थापित माडी माध्यमिक विद्यालयमा हाल माध्यमिक तहसंगै पशु विज्ञान र बिज्ञान बिषयमा उच्च माध्यमिक तह सञ्चालनमा रहेको छ । विद्यालयमा हाल पूर्व प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म गरी करीब ९०० जना विद्यार्थीहरु अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले जनाउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया