लकडाउनमा सतकर्ता अपनाउँदै माडीकाे निर्धन उत्थान लघुबित्त वित्तिय संस्था

487
SwadeshPost

निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड, माडी शाखाले लकडाउनको समयमा समूह सञ्चालन गर्दा सदस्यहरुलाई मास्क र साबुन बाँड्न थालेको छ ।

माडी शाखा मातहतमा सदस्य रहेको कुल १ हजार २७७ जनालाई मास्क एवं साबुन वितरण गर्न सुरु गरिएको संस्थाका शाखा प्रबन्धक नबिन गुरुङले जानकारी दिनुभयो । समूह सञ्चालन गर्दा सामाजिक दुरीलाई ध्यान दिने गरिएको र कर्मचारीहरुको सुरक्षाको उपायबारे पनि ध्यान पुर्याइएको उहाँको भनाई छ ।

यसअघि सो लघुबित्त संस्थाले कोरोना नियन्त्रणको लागि स्थापना भएको राष्ट्रिय राहत कोषमा प्रत्येक प्रति प्रदेश ४ लाखका दरले कुल २८ लाख रुपैंया प्रदान गरेको थियो । नेपालका सम्पूर्ण जिल्लामा शाखा सञ्जाल रहेको सो लघुबित्त संस्थाले बैंकिङ कारोबारसंगै सामाजिक उत्तर दायित्वका कामहरु समेत गर्दै आएको छ ।

SwadeshPost