अयोध्यापुरीमा अध्ययन र उत्खननका लागि पुरातत्व विभाग सक्रिय

436
SwadeshPost

हाल देशव्यापी चर्चामा रहेको माडीको अयोध्यापुरी क्षेत्रमा अध्ययन र उत्खननका लागि पुरातत्व विभाग सक्रिय बनेको छ ।

विभागका बिज्ञहरु आउँदो एक साताभित्र माडी आइपुग्ने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । त्यसैगरी अयोध्यापुरी क्षेत्रको श्रव्यदृश्य छायाँकनका लागि युट्युबर एवं पत्रकारहरु माडी आइरहेका छन् । पुरातत्व विभागका विज्ञहरुको टोलीले पूर्वी माडीको अयोध्यापुरी र पश्चिमी माडीको बाल्मीकि आश्रमसंगै ठोरी क्षेत्रमा उत्खनन् सहित अध्ययन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अयोध्यापुरी नै सक्कली अयोध्या भएको दावी गरिएसंगै पुरातत्व विभागले अध्ययन तथा खोज कार्य सुरु गर्न लागेको हो । त्यसैगरी माडीको भिडियो तयार गरी युट्युबमा पोष्ट गर्ने युटुयुबर र राष्ट्रिय टेलिभिजनका पत्रकारहरु समेत छायाँकनका लागि माडीमा आइरहेको देखिएको छ । (तस्वीरमा बाल्मीकि आश्रमस्थित लवकुश जन्मस्थल)

SwadeshPost