निकुञ्ज प्रशासनद्वारा माडीको कुसुमखोलामा बस्तिमा आगजनी÷हात्ती लगाएर ८ वटा घरहरु भत्कायाे

356
SwadeshPost

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा २ वटा घरमा आगलागी गरेको छ भने हात्ती लगाएर ८ वटा घरहरु भत्काई दिएको छ ।

निकुञ्जको अतिक्रमित क्षेत्रमा बसोबास गरेको भन्दै निकुञ्जले माडी-९, कुसुमखोलामा आगजनी गरिदिएको हो । आगजनीका कारण २ घर जलेर पूर्णतः नष्ट भएका छन् भने घरमा रहेका नागरिकता प्रमाणपत्र एवं अन्न अनाज र नगदपैसा समेत जलेर खरानी भएको माडी-९ का वडाध्यक्ष शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

निकुञ्जले नगरपालिका र अन्य सरकारी निकायहरुबाट सुकुम्बासी बस्तीहरुमा जारी विकास निर्माणका कामहरुमा रोकतोक गर्दै आएको छ भने बाँदरझुला र कुसुमखोला लगायतका ठाउँमा बस्ती हटाउन सुचना प्रकाशन तथा बल प्रयोग गर्दै आएको छ ।

SwadeshPost