निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुख पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानियाे

421
SwadeshPost

चितवन । सुकुम्बासी बस्तीमा आगो लगाउने र घर भत्काउने विवादास्पद कार्यको नेतृत्व गरेका निकुञ्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानिएको छ ।

निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुखका रुपमा कार्यरत पन्तलाई कारवाहीस्वरुप निकुञ्जको मुख्य कार्यालय कसरामा तानिएको श्रोतले जनाएको हो । बिहान वनमन्त्री शक्ति बहादुर बस्नेतले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीलाई टेलिफोनमार्फत स्पष्टिकरण लिनुभएसंगै पन्तलाई मुख्यालय तानिएको जनाइएको छ ।

गत शनिवार दिउँसो माडीको कुसुमखोलामा २ वटा घरमा आगलागी तथा हात्ती लगाई ८ वटा घरहरु भत्काएको घटनामा निकुञ्ज प्रशासनसंगै वन मन्त्रालयको चर्को आलोचना भएको थियो ।

SwadeshPost