गोदावरी न.पा.का प्रमुख प्रशासकीय अधिकृत घूस रकमसहित पक्राउ

425
SwadeshPost

माडी नगरपालिकाबाट सरुवा भई हाल गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद जैसी घूस रकमसहित पक्राउ परेका छन् ।

जैसीसंगै सो नगरपालिकाका सब-इन्जिनियर किशोरकुमार मोक्तानलाई अख्तियारको टोलीले एक लाख ५० हजार घूस रकम लिइरहेको अवस्थामा सोमबार पक्राउ गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उलेख छ । उनीद्वयले निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घूस मागिरहेको सूचना पाएपछि अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको जनाइएको छ ।

यसअघि, उपसचिव जैसी माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहँदा समेत विवादित भएका थिए । जनताको कामहरु अधुरै छाडी बिदा बसेको र लामो समयपछि कार्यालयमा हाजिर हुन आएपनि बाहिर समय विताएको आरोप लगाउँदै स्थानीय सेवाग्राही एवं युवाहरुको एक समूहले उनलाई प्रश्न गर्दै कार्यकक्ष प्रवेशमा अवरोध गरेका थिए ।

SwadeshPost