आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी न.पा.द्वारा स्थायी आवासकाे व्यवस्था

  • A
  • A+
  • A++

चितवन राष्ट्रिय निकुञ्जद्वारा गरिएको आगजनी र ध्वंशबाट घरबार गुमाएका कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी नगरपालिकाले स्थायी आवास व्यवस्था गर्ने भएको छ ।

विज्ञापन १

हाल कुसुमखोलामा बाँकी रहेका सबै चेपाङ घरपरिवारलाई माडी उपत्यकाभित्र स्थानान्तरण गरी स्थायी बसोबासको व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको हो । स्वदेश एफ.एम.संग कुराकानी गर्दै कुसुमखोला क्षेत्र समेट्ने माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीले कुसुमखोलाका बाँकी चेपाङ परिवारहरुलाई पनि माडी उपत्यकाभित्रै ल्याउन लागिएको जनाउनुभयो । यसअघि कुसुमखोलाका अधिकांश घरपरिवारहरुलाई माडीभित्रै स्थानान्तरण गरिएकोमा केहि घरपरिवारलाई ल्याउनै बाँकी थियो भने माडी आइसकेका केहि परिवार पहिलेकै कुसुमखोला क्षेत्रमै फर्किएका पनि थिए ।

विज्ञापन २

कुसुमखोलामा स-साना झुप्रा बनाई मकै खेती गरी दुःखजिलो जीवनयापन गरिरहेका घरपरिवारमध्ये २ वटा घरमा आगलागी तथा हात्ती लगाई ८ वटा घरहरु भत्काएको समाचार स्वदेश एफ.एम.ले सार्वजनिक गरेसंगै देशैभर घटनाको बिरोध भएको हो । सुकुम्बासी बस्तीमा आगो लगाउने र घर भत्काउने विवादास्पद कार्यको नेतृत्व गरेका निकुञ्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानिएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया