कुसुमखोलामा आगजनीको घटनाप्रति माडीका मध्यवर्ती उपभोक्ता समितिहरुकाे दुःख व्यक्त

478
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलामा गरेको आगजनीको घटनाप्रति माडी क्षेत्रका चारवटै मध्यवर्ती उपभोक्ता समितिहरुले दुःख व्यक्त गरेका छन् ।

माडीमा रहेका पाँचपाण्डव, बघौंडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले संयुक्त रुपमा वक्तव्य जारी गर्दै गत श्रावण ३ गते कुसुमखोलामा भएको आगजनीको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । सो घटनामा निकुञ्जले अपनाएको बिधीप्रति समितिहरुको असहमती रहेको भन्दै वक्तव्यमा आपसी छलफल नगरी बल प्रयोग गर्दा स्थानीय बासिन्दा र प्रशासनबिच द्वन्द बढ्ने र संरक्षण कार्यमा असर पुग्ने उल्लेख गरिएको छ ।

वक्तव्यमार्फत आगामी दिनमा आपसी छलफल र वार्ताबाट सुकुम्बासी समस्याको समाधान गर्न समितिहरुले निकुञ्जको ध्यानाकर्षण गराएका छन् । वक्तव्यमा, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा, बघौंडाका अध्यक्ष रामप्रसाद तिवारी, रेवाका अध्यक्ष शिव बहादुर कार्की र अयोध्यापुरीका अध्यक्ष शिवजी गायकको हस्ताक्षर रहको छ । तर सो वक्तव्यमा घटनाको दोषीलाई कारवाही, पीडितलाई क्षतीपूर्ति वा व्यवस्थित स्थानान्तरण जस्ता बिषयमा भने केहि बोलिएको छैन ।

SwadeshPost