श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले गरे झुण्डिएर देहत्याग

602
SwadeshPost

पूर्वी माडीको प्याउलीमा श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले झुण्डिएर देहत्याग गरेका छन् । माडी-९, प्याउली निवासी अन्दाजी बर्ष ३५ का धने बि.क.ले बिहान करीब ७ बजे झुण्डिएर देहत्याग गरेका हुन् ।

गएराती श्रीमती शोभा बि.क.संग झगडा भएकोमा उनले खुर्पा प्रहार गरी सख्त घाइते बनाएका थिए । आज बिहानपख श्रीमती शोभा प्रहरी कार्यालय जान्छु भनी घरबाट हिँडेलगत्तै उनी झुण्डिएका थिए ।श्रीमती शोभाको अवस्था रक्ताम्य रहेको र उनलाई अस्पताल पठाउने तयारी भइरहेको माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीले जनाउनुभयो । बि.क. परिवारमा दम्पत्तीसंगै १० बर्षका एक छोरा रहेका छन् ।

SwadeshPost