माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित, नगरपालिका अगाडि धर्ना (भिडियो सहित)

309
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलाका सुकुम्बासी चेपाङहरूको घर भत्काएको र चेपाङ युवालाई कुटेर मारेको बिरोधमा माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित भएका छन् ।

बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र पौहारी बाढीपिडीत बस्ती व्यवस्थापन संघर्ष समितिको संयुक्त आयोजनामा माडीका सुकुम्बासी, बाढीपिडीत र चपाङ समुदायले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अन्तरगत उनीहरुले माडीको बसन्तपुर बजारमा जुलुस प्रदर्शनका साथै माडी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

प्रदर्शनमा सुकुम्बासी, बाढीपिडीत, चेपाङ र भूमिहीन समुदायको सहभागिता रहेको थियो । आन्दोलनकै कार्यक्रम अन्तरगत आउँदो श्रावण १८ गतेदेखि माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा तालाबन्दी र नगरपालिका कार्यालयमा अनिश्चितकालीन धर्ना दिइने बाँदरझुला सुकुम्बासी संघर्ष समितिका अध्यक्ष राजकुमार चेपाङले जानकारी दिनुभयो ।

SwadeshPost