‘मानवीय त्रुटीका कारण चेपाङका घर जल्यो’: वनमन्त्री बस्नेत

640
SwadeshPost

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले माडीको कुसुम खोलामा मानवीय त्रुटीका कारण चेपाङका घर जलेको बताउनुभएको छ ।

बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मन्त्री बस्नेतले कुसुम खोलामा रहेका चेपाङका घर मानवीय त्रुटीका कारण जलेको बताउनुभएको हो । त्यसैगरी कुसुमखोला घटनापछि निकुञ्जका वार्डेन र सहायक वार्डेनलाई विभागमा फिर्ता बोलाइएको पनि मन्त्री बस्नेतले बताउनुभयो । यसअघि उहाँले चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घर जलाएको नभई मचानमा मात्रै आगो लगाएको बताउनुभएको थियो, जसको व्यापक आलोचना भएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा क्षमायाचना

कुसुम खोला चेपाङ बस्तीमा घर भत्काउने र जलाउने काममा मानवीय त्रुटी भएको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले माफी मागेको छ । विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले संघीय संसद प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उक्त घटनाप्रति विभागको तर्फबाट माफी माग्नुभएको हो । वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधानका लागि बस्ती सार्ने क्रममा कमजोरी भएको उहाँले बताउनुभएको हो ।

SwadeshPost