माडीको परम्परागत गोरेटो बाटोमा चितवन राष्ट्रिय निकुञ्जद्वारा हात्ती लगाई अवरोध

413
SwadeshPost

माडीको बगहीँदेखि कुसुमखोला हुँदै बाँदरझुला पुग्ने परम्परागत गोरेटो बाटोमा चितवन राष्ट्रिय निकुञ्जले हात्ती लगाई अवरोध गरिदिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हालैमात्र सरकारी बजेटमै सो बैकल्पिक बाटोको मर्मत र स्तरोन्नति गरिएको थियो । माडी नगरपालिकाबाट विनियोजित ३ लाख रुपैंया बजेट तथा माडी-९, बाँदरझुलाबासीहरुको भौतिक श्रमदानबाट सो गोरेटो बाटो मर्मत भएकोमा सञ्चालन नहुँदै निकुञ्जले बन्द गरिदिएको हो । बाटो बन्द गराउन निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीहरुले हात्ती परिचालन गरी बाटोमा रुखहरु ढालेका छन् भने मुढा राखिदिएका हुन् ।

बगहीँबाट अमुवा हुँदै ठोरी पुग्ने बाटोमा सडक यातायात सञ्चालन हुनेभएपनि जंगली हात्ती र अन्य जनावरसंग जम्काभेटको उच्च त्रास रहन्छ । त्यसबिपरित बगहीँबाट कुसुमखोला हुँदै ठोरी पुग्ने बैकल्पिक बाटोमा तुलनात्मक रुपमा जनावरको डर कम हुनुका साथै बाटोको दुरी समेत कम रहेको छ । तर निकुञ्जको अवरोधका कारण सो बाटोको उपयोग भने हुन सकेको छैन ।

SwadeshPost