निकुञ्जबाट निस्किएको गैंडाद्वारा पूर्वी माडीमा धानबाली विनाश

475
SwadeshPost

दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु गरेन

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडाले पूर्वी माडीमा धानबाली विनाश गर्न थालेको दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु गरेको छैन ।

दिउँसै बस्तीमा प्रवेश गर्ने सो गैंडाले माडी नगरपालिका वडा नं. ७, ८ र ९ का दर्जनौं कृषकहरुको धानबाली विनाश गर्नुका साथै बाटोमा हिँड्ने बटुवा र मोटरसाइकल समेत छेक्ने र स्थानीयबासीहरुमा त्रास पैदा गरिरहेको छ । बस्तीमा आएसंगै गाउँलेहरुले होहल्ला गर्दै गैंडालाई रीउ नदी किनारसम्म धपाउने गरेपनि गैंडा पुनः फर्किएर कृषकको धानबालीमा छिर्ने गरेको छ । जति धपाएपनि खेतका कलिलो धानबाली खान गैंडा फर्किनेगरेकाले क्षती र हैरानी व्यहोर्नु परेका शिक्षक एवं सामाजिक अगुवा रामप्रसाद भण्डारीले जनाउनुभयो ।

SwadeshPost