चेपाङ आवास निर्माण सुरूवातसंगै बाँदरझुलामा ट्याक्टर र पौहारीमा बिजुली जडानको माग

344
SwadeshPost

माडी नगरपालिकाले चेपाङहरुको आवास निर्माण सुचारु गर्दैगर्दा बाँदरझुलामा जे.सि.बी. र ट्याक्टर चलाउने तथा पौहारीमा बिजुलीको पोल गाड्ने काम पनि एकैसाथ हुनुपर्ने माग गरिएको छ ।

माडीका नगरपालिकाले (भोलि) मंगलबार सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुको जुलुससहित चेपाङहरुको आवास निर्माण सुचारु गर्न लागेको छ । त्यसरी घर निर्माण सुचारु हुँदैगर्दा बाँदरझुलामा बाटो मर्मतका लागि जे.सि.बी. चलाउने, खेतबारी खनजोतका लागि ट्रयाक्टर लगाउने र बाढीपिडीतहरुको बस्ती पौहारी शिशिर टोलमा बिजुलीको लाइन बिस्तार गर्ने कार्य पनि एकैसाथ सुरु हुनुपर्ने माग गरिएको हो ।

स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै माडी सुकुम्बासी आन्दोलनका एक अगुवा राजकुमार नेपालीले बाढीपिडीत र बाँदरझुला बस्तीको माग सुनुवाईको पनि सुरुवात हुनैपर्ने आवाज उठाउनुभयो । यसअघि, बाढीपिडीत, चेपाङ र सुकुम्बासी समुदायको आन्दोलनलाई सम्बोधन गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले मंगलबारदेखि घरनिर्माण सुरु गर्ने र त्यस क्रममा निकुञ्ज पक्षबाट अवरोध भए नगरपालिकाबाटै आन्दोलन अगाडि बढाउने अभिव्यक्ति दिनुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost