चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृतमा अणनाथ बराल

655
SwadeshPost

चितवन । चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन)का रुपमा अणनाथ बरालले जिम्मेवारी सम्हाल्नुभएको छ ।

यसअघि बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन रहनुभएका बरालले आज (बिहीबार)बाट कसरा मुख्यालयमा कार्यभार सम्हाल्नुभएको हो । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जको सहायक वार्डेनमा अशोक राम सरुवा भई आउनुभएको छ । तात्कालीन सहायक संरक्षण अधिकृत भोजराज पन्तको समेत सरुवा भएको थियो ।

निकुञ्ज रक्षक सेनाले पूर्वी चितवनका एक चेपाङ युवालाई कुटपिट गर्दा उनको मृत्यु भएको घटना र माडीको कुसुमखोलामा निकुञ्जका कर्मचारीहरुले चेपाङका घरमा आगजनी गरेको घटनामा निकुञ्ज प्रशासन विवादित भएको थियो । यी घटनामा निकुञ्जको भूमिकामाथि प्रश्न उठेपछि मन्त्रालयले तात्कालीन चिफ वार्डेन रूपाखेतीको सरुवा गरेको थियो ।

SwadeshPost