माडीका प्र.अ. बैठकद्वारा विद्यालयहरु पुनः सञ्चालनको ‘मोटालिटी’ प्रस्ताव तयार गर्ने निर्णय

647
SwadeshPost

माडीका प्रधानाध्यापकहरुको बैठकले विद्यालयहरु पुनः सञ्चालनको ‘मोटालिटी’ प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।

लकडाउनका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा नियमित कक्षा सञ्चालनको लागि सम्बन्धित विद्यालयको विशिष्टतामा प्रस्ताव तयार गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले जनाउनुभयो । बैठकले हाल जारी रहेको बैंकल्पिक सिकाई कक्षाहरु व्यवस्थित गर्ने र विद्यार्थीहरुलाई सिकाई सहजिकरण गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी बैठकले माडीको हरेक विद्यालयमा ‘टिचर्स डायरी’ र ‘स्टुडेन्ट्स डायरी’ प्रयोगमा ल्याउने पनि निर्णय गरेको छ । यस अन्तरगत शिक्षक डायरी डिजाइन तथा छपाईको जिम्मेवारी राम बहादुर जि.सी., गंगाराम रानाभाट र वीरेन्द्र महतोलाई दिइएको छ । विद्यार्थी डायरी डिजाइन तथा छपाईको जिम्मेवारी राजु अधिकारी, शिव पाठक र कृष्णराज शर्मालाई दिइएको छ । त्यसैगरी ‘लिडर स्कुल’ र ‘फिडर स्कुल’बिच पारस्परिक सम्बन्धको खाका तयारीका लागि भूपेन्द्र पौडेल, कृष्णराज शर्मा र शोभाखर गौतमलाई जिम्मेवारी दिइएको शिक्षा शाखाले जनाएको हो ।

SwadeshPost