माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या राख्न प्रधानमन्त्री ओलीको सुझाव

263
SwadeshPost

प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका बनाउन सुझाव दिनुभएको छ ।

माडीको प्रतिनिधीमण्डलसंग बालुवाटारमा भेट सम्वाद गर्दै प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि नेपालको माडी क्षेत्र नै भएकोमा कुनै शंका नरहेको भन्दै नगरसभामा सहमति जुटेमा माडी नगरपालिकाको नाम परिर्वतन गरी अयोध्या राख्न सुझाउनुभएको हो ।

उहाँले अयोध्याधामको मास्टर प्लान बनाउन पनि माडी नगरपालिकालाई निर्देशन दिनुभएको छ । उहाँले आउँदो २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी अयोध्याधाममा राम र सीताको भव्य मन्दिर बनाउन निर्देशन दिनुभएको हो । जारी २०७७ को रामनवमीमा भव्य जात्रा र पूजा गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले स्वदेशलाई जनाउनुभयो ।

प्रधानमन्त्री ओली आफैले टेलिफोन गरी बोलाएपछि माडीका नगरप्रमुखको नेतृत्वमा जनप्रनिनिधीहरुसंगै नेकपा माडी नगर कमिटि र अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका पदाधिकारीहरु शनिबार साँझ बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसंग भेटसम्वाद सकिएलगत्तै टोली राती नै माडी फर्किएको छ ।

SwadeshPost