रामको जन्मस्थान र अयोध्या क्षेत्र माडीमै रहेकोमा विश्वास लागेको नगरप्रमुख ढकालको भनाइ

258
SwadeshPost

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले भगवान श्री रामको जन्मस्थान र अयोध्या क्षेत्र माडीमै रहेकोमा विश्वास लागेको बताउनुभएको छ ।

कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुराकानी गर्दै नगरप्रमुख ढकालले बालुवाटारमा प्रधानमन्त्री के.पी. ओलीसहित विज्ञहरुसंग भेटेपछि थप तथ्यहरु जानकारी भएको भन्दै रामको जन्मस्थान नेपालको माडीमै रहेकोमा विश्वास लागेको बताउनुभयो । प्रधानमन्त्रीले अयोध्यापुरीमा अर्को बर्षको दशैंमा अनावरण गर्नेगरी राम, सीता र लक्ष्मणको विशाल मुर्ती बनाउन संघिय सरकारले लगानी गर्ने जानकारी दिनुभएको पनि उहाँले खुलाउनुभयो ।
त्यसैगरी रामको मन्दिर बनाउनुअघि चेपाङको घर बन्नुपर्ने भनी प्रधानमन्त्रीसंग कुरा राखेको पनि नगरप्रमुख ढकालले बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले यसबारे वन मन्त्रालयले अध्ययन गरिसकेको तथा मन्त्रिपरिषद् कार्यालयको टोलीले अध्ययन गरिरहेको भन्दै दुबै प्रतिवेदन आएपछि रक्षा, वन र संघीय मामिलामन्त्रीसहित बैठक राखेर छलफल गर्ने बताउनुभएको जनाउनुभयो ।

SwadeshPost