पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘सेल्फ क्वारेन्टाइन’मा

351
SwadeshPost

पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निवासमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुभएको छ ।

उहाँ परिवार र सचिवालयका सदस्यहरुसहित खुमलटारस्थित निवासमा केहि दिनयता सेल्फ क्वारेन्टाइनमा बस्नुभएको हो । माडी क्षेत्रका सांसद समेत रहनुभएका उहाँले पछिल्ला दिनहरुमा अत्यावश्यक बाहेकका सबै भेटघाटहरु पनि बन्द गर्नुभएको छ ।

यसैबिच, प्रचण्डको सचिवालयका एक चालकमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रचण्डका सचिवालय सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउने सो चालकमा कोभिड-१९ देखिएको हो । यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको थियो । सवारी चालकमा संक्रमण भेटिएसंगै सचिवालयका सबै सदस्यहरुको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

SwadeshPost