निकुञ्जका कर्मचारीले घर जलाइदिएकै स्थानमा कुसुमखोलामा टहरा बनाइए

294
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले घरहरू जलाइदिएकै र भत्काएकै स्थानमा कुसुमखोलाका चेपाङ परिवारले त्रिपाल टाँगेर टहरा बनाएका छन् ।

गत साउन ३ गते निकुञ्जका कर्मचारीहरूले दुईवटा घरमा आगो लगाउनुका साथै अन्य ८ वटा घर भत्काएको स्थानमै स्थानीयले घर बनाएका हुन् । उनीहरुलाई माडी उपत्यका भित्रका चेपाङ बस्तीहरुमा स्थानान्तरण गर्ने योजना र घोषणा कार्यान्वयनमा आउन नसक्दा पीडित चेपाङहरुले राहतमा पाएको त्रिपाल टाँगेर बाँस र काठपात जोडी टहरा बनाएका छन् ।

वैकल्पिक व्यवस्था बिना घर छाड्न बाध्य पारिएको उनीहरुको गुनासो छ । माडी नगरपालिकाले केहीका लागि घर बनाइदिए पनि आफ्नो लागि केही व्यवस्था नभएका कारण गाउँ छाड्न नसकेको कुसुमखोलामा बाँकी रहेका १२ घरपरिवार चेपाङहरुले दुखेसो गरेका हुन् ।

SwadeshPost