नेपालमा पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी

293
SwadeshPost

नेपालमा पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या भने १७ हजार ५८० जना रहेको छ ।

यसैबिच, चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा पूर्वी चितवनको राप्ती नगरपालिका-६ भण्डारास्थित सशस्त्र प्रहरी गणका ४० पुरुष र २ महिला प्रहरीहरूमा कोरोना संक्रमण देखिएको हो । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

SwadeshPost