किशोरी बलात्कारको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान

413
SwadeshPost

चितवन । माडीको बगहीँ नजिक जंगल क्षेत्रमा स्थानीय १७ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान भएका छन् ।

गत साउन ४ गते माडी नगरपालिका-९ बगईस्थित जंगलमा १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसीलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । पीडित युवती ठूली आमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा के.सी.ले जबरजस्ती जंगलमा लगी बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् । जिल्ला अदालत चितवनको साउन २८ गतेको आदेशले पूर्पक्षका लागि के.सी.लाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैबिच, बलात्कारकै अभियोगमा भरतपुर-४ का विजय मानन्धरलाई पनि प्रहरीले कारागार चलान गरिएको छ । उनले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनी ललाई फकाई गत असार ७ गते राती पटकपटक बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन्

SwadeshPost