शुक्रबार, माघ ०४, २०८१
शुक्रबार, माघ ०४, २०८१

देश-प्रदेश खबर पोष्ट

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

  • A
  • A+
  • A++

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ निवासी ६५ वर्षीय पुरूषको भरतपुर अस्पतालको आई.सी.यू.मा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आई.सी.यू.मा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।

विज्ञापन १

यो संगै चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनकै हुन् भने एक जना कैलाली जिल्ला निवासी हुन् । चितवनका संक्रमितमध्ये भतरपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाका १/१ जना रहेका छन् ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया