माडी नगरक्षेत्रमा जारी बन्दाबन्दीको कारण बाहिरी चहलपहल पूर्णरुपमा बन्द

449
SwadeshPost

माडी नगरक्षेत्रमा जारी तीज पर्व लक्षित बन्दाबन्दीको कारण बजार, यातायात तथा बाहिरी चहलपहल पूर्णरुपमा बन्द रहेको छ ।

माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिले गत भदौ ३ गते बुधबार दिउँसो ४ बजेदेखि भोलि तीज पर्वको राती १२ बजेसम्म निशेषाज्ञा मोडेलकै बन्दाबन्दी लागु गरेको हो । निषेधाज्ञाको अवधीमा अत्यावश्यकीय सामग्रीहरु खरिदका लागि बिहान ५ देखि ८ बजेसम्म मात्र बजार खुला रहने गरेका छन् । बन्दाबन्दीको सन्दर्भमा बजार तथा भित्री गाउँहरुमा जनपद र सशस्त्र प्रहरीसंगै सेनाको संयुक्त टोलीले सुरक्षा गस्ती गरिरहेको छ ।

यसैगरी तीज पर्वको नाउँमा माडीमा एकाघर परिवार बाहेक सामुहिक रुपमा दर नखान तथा समूहमा नाँचगान एवं पुजा नगर्न अनुरोध गरिएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले समुदायमै कोरोना देखिइसकेको अवस्थामा बाहिर भीडभाड गर्दा संक्रमण फैलने भएकाले यसबर्ष घरभित्रै बसी तीज मनाउन आग्रह गर्नुभएको हो ।

SwadeshPost