चितवनमा माडी नगरपालिका समेतलाई जोडेर जिल्लाभरी भदौ १२ गतेसम्म निषेधाज्ञा थप

386
SwadeshPost

चितवन । चितवनमा माडी नगरपालिका समेतलाई जोडेर जिल्लाभरी आगामी भदौ १२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

कोरोना भाइरसको संक्रमण निरन्तर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माडीसहित चितवनका ७ वटै स्थानीय तहमा निषेधाज्ञा थप गरेको हो । यसअघि माडी नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा चितवन प्रशासनले निषेधाज्ञा जारी गरेकोमा गत भदौ ३ गते दिउँसो ४ बजेदेखि माडी नगरपालिकाले नै माडीमा बन्दाबन्दी लागु गरेको थियो । योसंगै जिल्लाभर आज राती १२ बजेसम्म लागु रहेको निशेधाज्ञा भदौ १२ गतेसम्म निरन्तर रहने भएको हो ।

निशेधाज्ञाको अवधीमा औषधि, खाद्यान्न लगायत अति आवश्यक वस्तु खरिदका लागि बिहान पाँचदेखि आठ बजेससम्म र साँझ पनि सोही समय बाहेक अरु बेला आवतजावतमा रोक लगाइएको छ । लामो दूरीका माल बाहक ट्रक, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल र दूध बोक्ने गाडी भने चल्ने छन् ।

SwadeshPost