सशस्त्र प्रहरी बलको छरछरे बि.ओ.पी. प्रमुख थकाली थारुको सरुवा

450
SwadeshPost

माडीको छरछरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टका प्रमुख शसस्त्र प्रहरी नीरिक्षक थकाली थारुको सरुवा भएको छ । उहाँलाई माडी नगरपालिकाले एक संक्षिप्त कार्यक्रमबिच स-सम्मान बिदाई गरेको छ भने माडी ५ वडा कार्यालयले मायाको चिनो प्रदान गरेको छ ।

शसस्त्र प्रहरी नीरिक्षक थारुको कपिलबस्तु जिल्लाको तौलिहवास्थित २८ नं. गणमा सरुवा भएको हो । गत २०७६ भदौ १५ गते छरछरे बि.ओ.पी. प्रमुखको कार्यभार सम्हाल्नुभएका थारुको करीब १ बर्षको कार्यकालमा सो बि.ओ.पी.ले कोरोना भाइरसको फैलावट नियन्त्रणसंगै अन्य सामाजिक तथा सीमा रक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ ।

शसस्त्र प्रहरी नीरिक्षक थारुको कार्यकालमै बि.ओ.पी.को नयाँ भवन र मेस भवन निर्माणको काम भएको छ । भवन निर्माण कार्यमा उहाँले आफ्नो पारिश्रमिक रकम समेत खर्च गर्नुभएको थियो । उहाँको स्थानमा पोखरास्थित ४ नं. मुक्तिनाथ बाहिनीमा कार्यरत बेलबहादुर बि.क. सरुवा भई आउनुहुनेछ ।

SwadeshPost