स्वदेश एफ.एम. देशैभर अनलाइनमार्फत सर्बाधिक सुनिने ८ वटा रेडियोहरुमा सुचिकृत

389
SwadeshPost

माडीको बसन्तपुरबाट प्रशारित स्वदेश एफ.एम. देशैभर अनलाइनमार्फत सर्बाधिक सुनिने ८ वटा रेडियोहरुमा सुचिकृत भएको छ ।

हाम्रोपात्रो मोबाइल एप्समा मिलियन अर्थात दश लाखभन्दा धेरै श्रोताहरुले सुनेको लोकप्रीय रेडियोहरुको सुचिमा स्वदेश एफ.एम. समेत परेको एप्सका व्यवस्थापक सन्तोष देवकोटाले जानकारी दिनुभयो । एप्समा मिलियन लिस्नर्स पाएका रेडियोहरुमा रेडियो नेपाल र बि.बि.सी.संगै उज्यालो, कान्तिपुर, कालीका, इमेज र स्वदेश एफ.एम. तथा खोजी अनलाइन रेडियो रहेका छन् । हालसम्म काठामाडौं बाहिरका दुईवटा रेडियोहरुले मात्रै मिलियन लिस्नर्स पाएकोमा दुईवटै चितवनबाट प्रशारित रेडियोहरु रहेको व्यवस्थापक देवकोटाले जनाउनुभयो ।

यसअघि, देशैभर अत्यधिक श्रोता सहभागिता पाउन सफल देशभरका ७ वटा रेडियोको सुचीमा समत स्वदेश एफ.एम. सुचिकृत भएको थियो । माडी क्षेत्रको लोकप्रीय एवं सर्बाधिक सुनिने रेडियोका रुपमा परिचित स्वदेश एफ.एम. विगत २०७४ माघ १५ बाट प्रातः ५ देखि राती १२ बजेसम्म लगातार १९ घण्टा प्रशारण हुँदै आएको छ ।

SwadeshPost