कोभिड-१९ संक्रमणका कारण भरतपुर अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु

269
SwadeshPost

चितवन । कोभिड-१९ संक्रमणका कारण भरतपुर अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले एक वक्तव्यमार्फत जानकारी दिएको हो ।

गत भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई श्वास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । योसँगै कोरोनाका कारण चितवनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ, जसमध्ये चितवन जिल्लाकै ६ जना रहेका छन् । यसअघि आइतबार चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडम नं. ११ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

यसैबिच, चितवनमा १० महिने शिशुसहित एकैदिन ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार राति सार्वजनिक भएको विवरण अनुसार भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३५ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप ११ जना गरी ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

SwadeshPost