भरतपुर-८, काँडाघारीमा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु

371
SwadeshPost

चितवन । भरतपुर महानगरपालिका-८, काँडाघारीमा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि जडान गरेको बिध्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको हो । जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृतकहरुको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ ।

SwadeshPost