लकडाउनका कारण बेरोजगार हुनपुगेका माडीका युवाहरुद्वारा व्यवसायिक खेती सुरु

719
SwadeshPost

लकडाउनका कारण बेरोनगार हुनपुगेका माडी-५, ढिकुरबारीका बेरोजगार युवाहरुले जीविकोपार्जनका लागि व्यवसायिक खेती सुरु गरेका छन् । विगतमा दैनिक ज्यालादारीमा काम गर्दै आएका ८ जना युवाहरुले रोजगार नपाएसंगै जमीन भाडामा लिएर तरकारी खेती थालेका हुन् ।

बेरोजगार मजदुर एकता समूह नामाकरण गरी स्थानीय ८ जना युवाहरु दिनरात घामपानी नभनी निरन्तर रुपमा खेतमा खटिइरहेका भेटिन्छन् । युवाहरुले स्थापना गरेको कृषि फर्ममा खुर्सानी, टमाटर, भन्टा आदि तरकारीको बीउ रोपिएको र निकट भविष्यमै आलु, बन्दा र काउली खेती समेत गरिने समूहका संयोजक मोहन प्रसाद बि.क.ले जानकारी दिनुभयो ।

आफूहरुले बैंकल्पिक आयका लागि कृषि फर्म स्थापना गरेपनि स्थानीय सरकारबाट सहयोग पाए व्यवसायिक फर्म सञ्चालन गर्न सकिने समूहका सदस्यहरुको भनाई छ । समूहमा जोडिन चाहने अरु युवाहरुलाई पनि थप गर्न तयार रहेको उनीहरु बताउँछन् ।

SwadeshPost