अयोध्या क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण सुरु (प्रस्तावित नक्सा सहित)

540
SwadeshPost

भगवान रामको जन्मस्थानका रुपमा चर्चित माडीको अयोध्यापुरी क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माण सुरु भएको छ ।

हाल अमेरिकामा बस्दै आउनुभएका माडी बरुवाका इञ्जिनियर थलराज पन्तले अयोध्या क्षेत्रको बिस्तृत गुरुयोजना निर्माण गरिरहनुभएको हो । गुरुयोजनामा भव्य राम मन्दिरसँगै रामायण अध्ययन केन्द्र, वैदिक गुरुकुल, आयुर्वेदिक अस्पताल एवं संग्रहालय जस्ता संरचनाहरु समेटिएका छन् । गुरुयोजनामा माडी उपत्यकासंगै ठोरी र बाल्मीकि आश्रम र छिमेकी राष्ट्र भारतका केहि धार्मिक स्थलहरु समेटिएको देख्न सकिन्छ । त्यसैगरी करीब १०० किलोमिटर लामो नेपाल भारत मैत्री रामायण पदमार्गको पनि परिकल्पना गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा अतिक्रमण नगरी तथा वातावरण र पर्यावरणमा कुनै पनि किसिमको दखल नदिई सामुदायिक वन क्षेत्रको करीब २१ हजार बिगाहा जमीन समेटी विशेष गुरुयोजना तयार भइरहेको अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य लोकराज पौडेलको भनाई छ । अयोध्या क्षेत्रको समग्र विकास र प्रवर्धनका लागि गुरुयोजना निर्माण गरी अगाडि बढ्ने योजना अनुरुप डि.पि.आर. निर्माण भइरहेको भन्दै उहाँले आवश्यक सुझाव सल्लाहका लागि समेत आग्रह गर्नुभयो ।

SwadeshPost