चितवनमा निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप

544
SwadeshPost

जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (शनिवार)देखि निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सरोकारवालाहरुको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

यससंगै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो । चितवनमा संक्रमण दर बढ्दै गइरहेकाले केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधी १२ दिनसम्म थप भएको उहाँले बताउनुभयो । यसअघि चितवनका उद्योगी व्यवसायीहरुले निशेधाज्ञा हटाउन माग गरेका थिए ।

SwadeshPost