ईलाका प्रशासन कार्यालय माडीका प्रमुख खोबराज सुवेदी सवारी दुर्घटनामा गम्भीर घाइते

700
SwadeshPost

ईलाका प्रशासन कार्यालय माडीका प्रमुख खोबराज सुवेदी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ ।

उहाँ कार्यालयको कामको सिलसिलमा बा.१ब. २२७४ नम्बरको मोटरसाइकल चढी माडीबाट काठमाडौं जाने क्रममा गत भदौ १७ गते धादिङको खानीखोलामा गम्भीर दुर्घटनामा पर्नुभएको हो । उहाँको हात खुट्टामा घाउ हुनुका साथै ढाडपट्टीको देब्रे साईडको ७ नं. करङ भाँचिएको छ । बाटोमा मसिनो गिटी र खाल्डाखुल्डी रहेकोमा मोटरसाइकल चिप्लिदा उहाँ दुर्घटनामा पर्नुभएको हो ।

उहाँलाई सुरुमा अर्थोपेडिक अस्पताल जोरपाटीमा र त्यसपछि मेडीकेयर अस्पतालमा भर्ना गरी उपचार गरिएको हो । दुर्घटनामा पर्नुभएका सुवेदीको अवस्था सुधारोन्मुख रहेको उहाँको परिवार श्रोतले जनाएको छ ।

SwadeshPost