थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोषमा आर्थिक सहयोग संकलनको क्रम जारी

753
SwadeshPost

चितवन । थारु कल्याणकारिणी सभा चितवनले हालै स्थापना गरेको थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोषमा आर्थिक सहयोग गर्ने क्रम निरन्तर जारी छ ।

कोषको सहयोगार्थ हाल अमेरिकामा रहनुभएका भरतपुर २७ निवासी मनोज महतो र उषा महतो दम्पत्तीबाट १ लाख १ रुपैंया र भरतपुर–९ चितवन निवासी जिरामणी चौधरी र हेमा चौधरी दम्पत्तीबाट ५० हजार ५०५ रुपैंया सहयोगस्वरुप संकलन भएको कोषले जनाएको छ । त्यसैगरी भरतपुर ९ निवासी सन्तमान र धनादेवी महतोले छोरा सलिन महतोको जन्मदिनको अवसर पारी ३ हजार ५०० रुपैंया कोषमा दाखिला गर्नुभएको थाकस चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी रत्ननगर-१की राधा चौधरी, भरतपुर-१०का मणिराज महतो र भजुमनराम महतो, रन्तनगर-९की सबिता चौधरी, भरतपुर-२८का कृष्ण महतो, राप्ती-६का जीत बहादुर महतो, भरतपुर–१२का नन्दलाल महतो, माडी-३का ललित कुमार चौधरी, रत्ननगर-४का रमेश महतो र बबिता चौधरी तथा रत्ननगर-१ निवासी राधा चौधरी लगायतले रु १ हजार बढी बुक्तान गरी कोषको प्रवर्धक सदस्यता लिएको थाकसका शिक्षा तथा प्रशिक्षण विभागका संयोजक जीतबहादुर महतोले जनाउनुभयो । कोषबाट माध्यमिक तथा क्याम्पस तहमा अध्ययनरत बिपन्न र जेहेन्दार थारु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने थाकस चितवनको उद्देश्य छ ।

SwadeshPost