मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

बेस म्याटेरियल राख्दा ठूला ढुंगाहरु परेको भन्दै माडी-७मा कालोपत्रे कार्य रोकियो

  • A
  • A+
  • A++

कालोपत्रेका लागि बेस म्याटेरियल राख्दा ठूला ढुंगाहरु समेत परेको भन्दै माडी-७, देबेन्द्रपुरबासीहरुले बजार क्षेत्रमा कालोपत्रे कार्य रोकेका छन् ।

विज्ञापन १

आशिष निर्माण सेवाले ढीलागरी कालोपत्रे सुचारु गरेकोमा बेस र सबबेस म्याटेरियलका रुपमा ठूला ढुंगाहरु राखेकाले त्यसलाई हटाई पुनः गुणस्तरीय बेस निर्माण गर्नुपर्ने माग गर्दै बजारबासीहरुले कालोपत्रेको काम रोकिदिएका हुन् । ठेकदार पक्ष र बजारबासीहरुबिच विवाद भएसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसहित नगरपालिकाका प्राविधिकहरुको टोली देबेन्द्रपुर बजार पुगेको थियो । तर पनि बजार क्षेत्रमा कालोपत्रेको काम सुचारु हुन भने सकेको छैन । आफूहरुले गुणस्तरहीन काम नगरेको र बजार क्षेत्रमा राखिएको बेस कमजोर नरहेको निर्माण पक्षको भनाई छ ।

विज्ञापन २

देबेन्द्रपुर बजार क्षेत्रमा विवाद भएसंगै आशिष निर्माण सेवाले त्यस क्षेत्रभन्दा बाहेक अन्यत्रको काम अगाडी बढाउने जनाएको छ । हाल मनहरीबाट २० वटा ट्रिपरमा निर्माण सामग्रीहरु ल्याई कालोपत्रे निर्माणमा तीब्रता दिइएको कम्पनीको भनाई छ । देबेन्द्रपुर क्षेत्रमा बाटोको घुमाउरोपन र चौडाईको बिषय उठाउँदै यसअघि पनि निर्माण रोकिएकोमा पछि सहमती भई निर्माण सुचारु भएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया