सार्वजनिक यातायात चल्न सुचारु भएसंगै कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त

315
SwadeshPost

लामो तथा छोटो दुरीको सार्वजनिक यातायात चल्न सुरु भएसंगै हालसम्म सुरक्षित मानिएको माडी उपत्यकामा कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त गरिएको छ । सरकारले लामो तथा छोटो दुरीका सवारी साधन र बजार व्यवसाय सञ्चालन खुला गरेसंगै संक्रमित वा संक्रमणको जोखिम स्थानबाट मानिसहरुको खुला आवागमन बढ्ने भएसंगै माडीको समुदायमा कोरोना संक्रमण फैलने सम्भावना बढेको हो ।

माडी नगरपालिकाले उदाहरणीय तवरबाट कोरोनाको संक्रमण नियन्त्रणको पहल लिँदै आएको छ । विगतमा प्रवास र स्वदेशमै पनि अलपत्र परेकाहरुलाई घर फिर्ती, चरणबद्ध राहत वितरण, क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापन, समुदायस्तमा कोरोना परीक्षण लगायतको काम गरी माडीमा समुदायमा कोरोना फैलन रोकिएको अवस्था छ । कोरोना बिरुद्धको लडाईमा माडी नगरपालिका र सबै नगरबासीहरुले गरेको अथक मिहिनेतका कारण हाल समुदायमा संक्रमण नरहेकोमा सवारी साधनहरु चल्न सुरु भएसंगै परिस्थिति बदलिन सक्ने अनुमान गरिएको हो । यसको बैंकल्पिक व्यवस्था वा उचित व्यवस्थापनमा सरोकारवाला निकायको तत्कालै ध्यान पुग्नु जरुरी रहेको माडीबासीहरु बताउँछन् ।

SwadeshPost