फेरिपनि तुहियो माडीका सुकुम्बासी, बाढीपिढीत र चेपाङहरुको आन्दोलन

661
SwadeshPost

चितवन । माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा तालाबन्दी गरी माडीका सुकुम्बासी र चेपाङ समुदायले गरेको आन्दोलन पुनः तुहिएको छ ।

नगर कार्यपालिका कार्यालयमा आन्दोलनरत सुकुम्बासीका प्रतिनिधीहरु, नगरपालिका, नेकपा माडी नगर र माडीका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुबिच सम्पन्न वार्तामा ठोस उपलब्धी बिनै तालाबन्दी खोल्ने सहमती भएको हो । सहमतीपत्रमा आन्दोलनरत पक्षले उठाउँदै आएका मागहरु सम्बोधनका लागि प्रधानमन्त्री र वनमन्त्रीसमक्ष संयुक्त डेलिगेशन जाने, बाँदरझुलामा खेतीका लागि ट्रयाक्टर चलाउन पाउने व्यवस्थाका लागि पहल गर्ने र चेपाङ परिवारको घर निर्माण सुचारु गराउन पनि पहल गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी कुसुमखोलाबाट बाँदरझुला पुग्ने गोरेटो बाटो खुला गरी मर्मत गर्ने उल्लेख भएको छ । निकुञ्ज र मध्यवर्ती काउन्सिलका कोहिपनि जिम्मेवार प्रतिनिधीको उपस्थिति नभएको सो वार्तामा आन्दोलन रोक्ने सहमती भएसंगै गत श्रावण १८ गतेबाट बन्द रहेका माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरु खुला भएका छन् ।

SwadeshPost