माडीको सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाइने

521
SwadeshPost

माडी नगरपालिका शिक्षा शाखाले माडी-२, सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाउने भएको छ ।

सो विद्यालयलाई सुस्त मनस्थिति भएका तथा दृष्टिविहीन र श्रवणशक्ति विहीन विद्यार्थीहरु आवासीय रुपमा पठनपाठन गर्ने शैक्षिक केन्द्र बनाउन लागिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । यसका लागि नगर कार्यपालिकाको बैठकले सबै कक्षाहरु छिमेकको विद्यालयमा समायोजनको निर्णय गरिसकेको छ । यसअघि सो विद्यालयमा विशेष कक्षासंगै आधारभूत तह अन्तरगत कक्षा ५ सम्म अध्ययन अध्यापन हुँदै आएको थियो ।

विशेष कक्षा सञ्चालनमा रहेको सो विद्यालयमा हाल आवासीयरुपमा ११ जना तथा गैरआवासीयरुपमा ३ जना सुस्त मनस्थितिका बालबालिकाहरुको शिक्षण हुनेगरेको छ । त्यसैगरी विशेष शिक्षा सञ्चालन गर्ने एकजना श्रोतशिक्षक र एकजना आयाको दरबन्दी समेत रहेको विद्यालयले जनाएको छ ।

SwadeshPost