माडीका अधिकांश धानखेतमा फड्के किराको संक्रमण, उत्पादन घट्ने चिन्ता

671
SwadeshPost

चितवन । माडीका अधिकांश धानखेतहरुमा फड्के किराको संक्रमण देखापरेको छ ।

फड्के किराले धानको पात तथा काण्ड चुसेर खाइदिनाले किसानका खेतहरुमा धानका बिरुवाहरु गाँजिन र बढ्न नसकेका, बाली लाग्न नसकेका तथा परालजस्तै भई सुकेर मर्ने समस्या देखिएको हो । यसअघि धानखेतमा आवश्यक मलको अभावमा पिल्सिएका माडीका कृषकहरु हाल फड्के किराको संक्रमणका कारण उत्पादन घट्ने चिन्तामा पिरोलिएका हुन् ।

फड्के किरा भुसुनाजस्तै देखिने खैरो र हरियो रंगको किरा हो । यसलाई नियन्त्रण गर्न खेतमा पानी जम्न नदिई पुरै खेत सुकाउनु पर्ने कृषि विज्ञहरु बताउँछन् । यसबाहेक ३०० लिटर पानीमा १०० मिलिलिटर ‘इमिडाक्लोरोपिड’ वा ३०० लिटर पानीमा ३०० मिलिलिटर ‘एसिफेट’ नामक बिषादि मिसाई एक बिगाहा क्षेत्रफलमा छर्केर पनि यो किरा नियन्त्रण गर्न सकिने बिज्ञहरुको सुझाव छ । बिषादि छर्किंदा खेतको किरा लागेको भागमा धानलाई सिउँदो जस्तै बनाई दुबैतिर ढल्काएर गाँज पुरै भिज्नेगरी २ चरणसम्म छर्किनुपर्ने उनीहरुको भनाई छ ।

SwadeshPost