माडीको बनकट्टा गाउँमा एक युवकद्वारा झुण्डिएर दुखद देहत्याग

661
SwadeshPost

सर्बत्र दशैंको उल्लास छाइरहँदा माडीको बनकट्टा गाउँमा भने एक युवकले झुण्डिएर दुखद देहत्याग गरेका छन् ।

माडी नगरपालिका वडा नं. १, बनकट्टा निवासी बर्ष २१ का अनिल बोटले घरसंगैको गोठमा गएराती झुण्डिएर देहत्याग गरेका हुन् । बोटको शवको मुचुल्का उठाई प्रहरीले पोष्टमार्टमका लागि पठाएको छ । मृतक युवामा डिप्रेसनको समस्यामा रहेको स्थानीयबासीहरुको भनाई छ । युवकको मृत्युसंगै परिवार र छिमेकीहरुमा शोक छाएको छ । (ग्राफिक्स तस्वीर)

SwadeshPost