तस्करहरुको गतिविधी बढेसंगै नवनिर्वाचित वन समितिद्वारा अनुगमन

354
SwadeshPost

सोमेश्वर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा काठ तस्करहरुको गतिविधी बढेको सुचना पाएसंगै नवनिर्वाचित वन समितिले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा केहि तस्करहरुसंग जम्काभेट भएको र उनीहरु भाग्नेक्रममा केहिको फोटो खिँचिएको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनाथ आलेले जनाउनुभयो । यसबिचमा तस्करहरुले केहि स्थानमा काठ काटेको र केहि स्थानमा ओसार पोसारका लागि तयारी गरेको भेटिएको अध्यक्ष आलेको भनाई छ । करीब ६ महिनाको अन्तरालमा दुई वटा समूह बनाई वन क्षेत्रमा अनुगमन गरिएको उहाँले जनाउनुभयो ।

यसैबिच, समूहले अनुगमनका क्रममा भेटिएका तस्करहरुको विवरण चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा बुझाउने तयारी गरेको छ । तस्करहरुको विवरण नबुझाउन केहि राजनैतिक दलले दबाव दिइरहेको समेत अध्यक्ष आलेले बताउनुभयो । यस क्रममा तस्करहरुसंगै उनीहरुलाई जोगाउने प्रयास गरिरहेका दलका नेताहरुको विवरण समेत कसरामा बुझाइदिने अध्यक्ष आलेको भनाई छ ।

SwadeshPost