मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

माडी आयुर्वेद औषधालयमा उपचार सेवाको ३ गुणा बढी रकम तलब भत्तामै सकिंदै

  • A
  • A+
  • A++

माडीको बरुवास्थित आयुर्वेदिक औषधालयमा उपचार सेवाको तीनगुणा बढी रकम तलब भत्तामै सकिने गरी बजेट स्वीकृत भएको छ ।

विज्ञापन १

औषधालयमा उपचार र अत्यावश्यक औषधी खरिद लगायतका शीर्षकहरुमका ८ लाख १८ हजार रुपैंया विनियोजन भइरहँदा औषधालय कर्मचारीहरुको तलब, भत्ता र पोशाकका लागि २२ लाख ८२ हजार रुपैंया बजेट स्वीकृत भएको हो । संघीय सरकारले आयुर्वेद सेवा कार्यक्रमका लागि पठाएको बजेट माडी नगरपालिका कार्यपालिका बैठकले स्वीकृत गरेसंगै कार्यान्वयमा आउने भएको हो ।स्वीकृत बजेट अनुसार कर्मचारीहरुको तलब करीब २१ लाख, पोशाक बापत ५० हजार, महंगी भत्ता ७२ हजार र अन्य भत्ता ४० हजार गरी कुल २२ लाख ८२ हजार रुपैंया रहको छ ।

विज्ञापन २

अर्कोतर्फ, औषधालयमा पानी, बिजुली, सञ्चार, कार्यालय शीर्षकसहित आरोग्य कार्यक्रम, पूर्वकर्म, औषधी खरिद, मेडिकल उपकरण खरिद, स्तनपायी आमाहरुलाई औषधी वितरण आदि कार्यक्रमहरुका लागि ८ लाख १८ हजार रुपैंया मात्रै विनियोजन भएको हो । कोरोना संक्रमणको वर्तमान समयमा आयुर्वेदिक उपचारका लागि नगर स्वास्थ्य शाखाले अन्य श्रोतबाट भएपनि बजेट थप गरी प्रभावकारी आर्युवेद उपचार सेवाहरु सञ्चालन गर्नु आवश्यक देखिन्छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया